बालिका अपहरण गर्ने पक्राउ
रौतहट : चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैन रहेका छन्।
उनलाई प्रहरीले बिहीवार राति पक्राउ गरेको हो। बिहीवार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई उनले अपहरण गरेका थिए।
त्यसपश्चात पीडितको आफन्तलाई अपरिचित व्यक्तिले फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका छौँ, २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउनु, रकम नल्याए र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा राजपुर नगरपालिका-१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती बालिकाको उद्दार गरेको थियो।
साथै उक्त कार्यमा संलग्न हुसैनलाई घटनामा प्रयोग गरेको बी आर ०५ ए एफ ०२८२८ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो। उनी उपर अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत रौतहटबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam