बिहान ९ बजेदेखि दरबाजा खोलामा फसेका महिलाहरुलाई प्रहरीले गर्याे उद्धार
दाङ – दाङको देउखुरी भएर बग्ने दरबाजा खोलामा फसेका महिलाहरुलाई प्रहरीले उद्धार गरेको छ । १६/१७ जनाको समूह भएर त्रीशक्ति सामुदायिक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा बाढी आउँदा उनीहरु फसेका थिए ।
मानिस खोलामा फसेको सूचना पाए लगत्तै रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जलमदेव चौधरी, नं २९ ज्वालामाई गण हेड क्वाटर भालुवाङका प्रहरी निरीक्षक, र सशस्त्र प्रहरी वल नं ४१ गण हेक्वा अर्जुन खोलाका प्रहरी निरीक्षक रबिन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसी लगायतको टोली घटनास्थलमा पुगेको थियो ।
राजपुर बेला गाउँपालिका वडा नम्बर २ बेला चप्फाका स्थानीय महिलाहरु च्याउ खोज्न जंगल गएर फर्किने समयमा रसरी र माररी खोला मिलेर बनेको सोमैथान नजिक रहेको दरबाजा खोलामा सत्र जना फसेका हुन् । रातिदेखि पानी परिरहेको थियो । च्याउ उम्रेका होलान भन्ने लागेर खोज्न नजिकैको जंगलमा गएकाहरु खहरे खोलामा फसेको अन्जना विकले बताउनुभयो । खोलाको दुरी लामो भएको, पानी परिरहेको र खोला पार गरिहालिन्छ भनेर खोलामा पसेकोमा एक्कासि भेल आएपछि खोलामा फसेको अन्जनाले बताउनु भयो । उनीहरु बिहान ९ बजेदेखि खोलामा फासेका थिए ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam