नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरको भनाइ
काठमाण्डाै – नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरले बताएका छन् । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा यो जातको किरा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।
काठमाण्डौको सिभिल अस्पतालमा यो किराका कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ । दाहालका अनुसार गएको वर्ष पनि यो किराको सङ्क्रमणका कारण तीन/चार बिरामी भेटिएका थिए । यो किरा बाहिरबाट आएको नभई यहीँ उत्पादन भएको हो । यो किराले लामखुट्टे जस्तो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसार्ने र जनस्वास्थ्यमा ठूलो रुपमा सङ्क्रमण नल्याउने उहाँले बताउनुभयो ।
मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । त्यो रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँदछ । उहाँ किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने बताउनुहुन्छ । एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने महाशाखाको किटजन्य शाखा प्रमुख डा दाहालले जानकारी दिनुभयो ।
लक्ष्यण देखिएकामध्ये पनि धेरैलाई आफैँ सञ्चो हुने र सञ्चो नभए नजिकैको स्वास्थ्य सस्थामा उपचारका लागि जानुपर्ने हुन्छ । प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा यस्तो किराको जोखिम हुने गर्छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam