कपिलवस्तुमा दुई पुरुष मृत भेटिए
जितपुर ।
कलिवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यसरी मृत फेला पर्नेमा जिल्लाको बुद्धभुमि नगरपालिका २ बस्ने ४१ बर्षीय खड्क बहादुर ओली रहेको कपिलवस्तु प्रहरीले जनाएको छ । ओलीको शव गोरुसिंगे – पत्थरकोट जंगल स्थित भित्री पक्की सडक खण्डको किनारमा शनिबार दिउँसो पौने २ बजे फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै कपिलवस्तुको महाराजगंज नगरपालिका १० मुजाहना स्थित नेपाल भारत सिमाना नजिकैको खेतमा पनी शनिबार अर्का पुरुष मृत भेटिएका छन् ।
यसरी मृत भेटिनेमा सोही ठाउँ बस्ने बर्ष ३८ का धन्नु धोवी रहेको प्रहरीले बताए । मृत अबस्थामा भेटिएका धोबीको सम्बन्धमा बुझ्दा निजले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएका छन् । शवलाई पोष्टमार्टमका लागी लगिएको र दुबै घटनाको अनुसन्धान जारी रहेको कपिलवस्तु प्रहरीले मायादेवी अनलाइनलाई बताए ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam