अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कूटनीतिज्ञको भूमिका महत्वपूर्ण : मन्त्री श्रेष्ठ
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कूटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताए।
हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदूतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।
विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने उनको भनाइ थियो। सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास व्यक्त गरे। राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासहरुले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।
राजदूतहरुले व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ। पर्यटन विस्तारका लागि हवाइ उडानको भूमिका पनि महत्वपूर्ण हुने बताउँदै सरकारले हवाई यातायात र विमानस्थलहरूलाई सुरक्षा मैत्री बनाउने समेत उनले बताए।
नेपालको हवाई उडानलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन पहल गर्ने उनले बताए। साथै उनले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको जानकारी दिए। आफ्नो कार्यकालमा नयाँ प्रवेश बिन्दु खुला हुने विश्वास व्यक्त गरे। कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदूतहरुले नेपालको पर्यटन विस्तारका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाएका थिए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam