सैनिक विमानबाट भागेर माल्दिभ्स पुगे श्रीलंकाका राष्ट्रपति राजपाक्ष
काठमाडौं : श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन्। परिवारवादले मुलुकको आर्थिक अवस्था डामाडोल बनाएका राजपाक्ष सेनाको विमान मार्फत् भागेर माल्दिभ्स पुगेको जनाएको छ।
मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनकाबीच उनी भागेका हुन्। उनी सोमबार राति ३ बजे स्थानीय माल्दिभ्स पुगेको बीबीसीले जनाएको छ। राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासन अन्त्य भएको छ।
गत शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवासमा प्रवेश गरेसँगै उनी त्यहीबाट गायब भएका थिए। उनले राजीनामा दिइसकेको र आज संसदमा उनको राजीनामा पत्र पढेर सुनाइने सभामुखले जनाएका छन्।
यसअघि श्रीलंकाबाट दुबई भाग्ने प्रयास भने सफल हुन सकेको थिएन। राष्ट्रपतिका भाइ तथा पूर्व अर्थमन्त्री बासिल राजपाक्ष पनि देश छाडेर भागेको जनाइएको छ। उनी अमेरिका पुगेका छन्।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam