जागिरको प्रलोभन देखाएर युवती बेच्न लग्दै गर्दा पक्राउ
काठमाडौं : युवती बेच्न भारततर्फ लैँजादै गर्दा एक व्यक्ति पर्साको वीरगञ्जबाट एकजना पक्राउ परेका छन्।
रामेछापको मन्थली नगरपालिका १४ का ४२ वर्षीय बाबु घिसिङलाई प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
सोमबार दिउँसो पर्साको वीरगञ्ज महानगरपालिका १६ मा भारतर्फ जान लागेको एक पुरुष र युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको समेत उपस्थितिमा सोधपुछ गरेको थियो। शंकास्पद जवाफ दिएपछि उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर थप अनुसन्धान गरेको थियो।
भोजपुर घर भएकी २२ वर्षीया युवतीलाई घिसिङले भारतको कोलकातास्थित अस्पतालमा मासिक ६० हजारको काममा लगाइदिने प्रलोभनमा भारत लैजाँदै गरेको खुलेको पर्साका प्रहरी नायक उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
‘प्रहरीको बोर्डर चेकपोस्टमा भने बाराको अमलेखगञ्ज घर र भारतको रक्सौलमा कपडा किन्न जान लागेको भन्नु भनेर सिकाएको रहेछ’, खनाले भने। घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam