फोहरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो
काठमाण्डाै – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहरलाई मल बनाउने विषयमा चासो देखाएको छ । आज शुक्रवार समितिले सांसदहरूलाई भक्तपुर नगरपालिकाले फोहरलाई व्यवस्थापन गरी प्राङ्गारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो ।
समितिको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहरबाट प्राङ्गारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन् । भक्तपुरमा फोहरबाट कसरी, कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो । निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि रिकिसी कम्पाेस्ट प्रालिकाे प्राविधिक सहयाेगमा कुहिने फोहरबाट गन्धरहित मल बनाइरहेको बताउनुभयो । उहाँले कुहिने फोहर सङ्कलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाउने जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयो, ‘भत्तपुरको ठिमीमा फोहर व्यवस्थापनको काम गरिरहेका छाैँ । हामीले फोहरलाई गन्धरहित बनाएर कम्पोस्ट मल बनाइरहेका छौँ । फोहरबाट मल बनाएर प्रयोग गरे अर्गानिक वस्तु उत्पादन गरेर खान सक्छौँ । भक्तपुरले फोहरबाट मल निकालेर २० रुपैयाँमा नागरिकलाई दिइरहेको छ ।’
निर्देशक गिरीले यो जापानी प्रविधि भएकाे बताउनुभयाे । यस प्रविधिले प्राङ्गारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुने रामेछापको गोकुलगङ्गामा आलु खेतीमा प्रयोग गरेर समेत देखिएको बताउनुभयो । यो मल रासायनिक मल प्रयोग नभएको ठाउँमा रासायनिक मल भन्दा राम्रो हुने उहाँकाे भनाइ छ ।
निर्देशक गिरीले काठमाण्डाै उपत्यकालगायतका ठाउँमा फोहर व्यवस्थापनको समस्या समाधान गर्न कुहिने फोहरबाट प्राङ्गारिक मल उत्पादन गर्न सकिने पनि बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam