आउँदाे २ वर्षमा भूमिसम्बन्धी सबै समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ
काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आउँदाे दुई वर्षभित्र भूमिसँग सम्बन्धी सबै समस्या समाधान हुने बताउनुभएको छ ।
आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैयामुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले सरकार मुक्तकमैया, हरुवाचरुवा लगायत जग्गाहीनलाई जमिनको मालिक बनाउने काममा दत्तचित्त भएर लागेको दाबी गर्नुभयो । उहाँले भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रूपमा कार्यक्रम सञ्चालन गरी आठ महिनाको अवधिमा झन्डै ४९ हजार परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधन–स्राेत तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लागिपरेको बताउनुभयो । उहाँले सरकार विकास तथा सीमान्तकृत, पिछडिएको वर्गको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार गर्ने, विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरूप अघि बढिरहेको पनि स्पष्ट पार्नुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam