‘प्रदेश १ को नामकरण प्रक्रिया साउन १५ देखि’
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउन १५ गते सुरु हुने बताएका छन्।
साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना रहेको उनले बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सोमबार आयोजित सुरक्षा प्रमुखहरूको बैठकमा मुख्यमन्त्री राईले नामकरणका वेला हुन सक्ने सुरक्षा चुनौतीबारे सजग रहन आग्रह गरे।
प्रदेश नामकरणका लागि प्रदेशसभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकमा खाका आउनसक्ने बताए।
‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला।’
मुख्यमन्त्री राईले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेश सभाको भएको उल्लेख गर्दै सरकारले सहजीकरण मात्रै गर्ने बताए ।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam