३५ जना नेपाल भित्रिए,३६ जनालाई भारत पठाइयो(भिडियाे सहित)
कपिलवस्तु,
कपिलवस्तुको सिमा नाका कृष्णनगर बाट ३५ जना नेपाली नागरिकहरुलाई नेपाल प्रवेश गराइएको छ । विगत २८ दिन देखि भारतको वढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई शनिवार आरटिडी परिक्षण गरी नेपाल भित्राइएको छ ।
नेपाल र भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि आवतजावतमा रोक लगाउँदा नेपाली भारतमै बस्न वाध्य थिए भने भारतीय नागरिकहरु नेपालमै बसेका थिए । शनिवार नै कृष्णनगर नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनवाट ३६ जना भारतीय नागरिकहरुलाई भारत पठाइएको छ ।
भारतको चण्डीगढ,दिल्ली पंजाव लगाएतका ठाउँमा रोजगारीको लागि गएका नागरिहरुलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीहरुलाई नेपाल प्रवेश र भारतीयहरुलाई भारत पठाएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो ।
सवैको स्वास्थ्य परिक्षण गरेर नेपाल प्रवेश गराएको उहाँले जनाउनुभयो । भारतवाट नेपाल प्रवेश गराएका नागरिकहरुलाई गन्तव्य सम्म नगरपालिकाले पु¥याउने कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।
‘सम्वन्धित स्थानिय तह सँग सहकार्य गरेर नेपाली नागरिहरुलाई पठाउने तयारीमा छौ, शाहले भन्नुभयो ‘उनीहरुलाई सहज तरिकारले घर पु¥याउछौ, ।’ नेपाल भित्रिएका अधिंकाश नागरिकहरु दाङ,रुपन्देही,कपिलवस्तुका हुन् । नेपाल प्रवशे गरेका सबै नागरिकहरुको आरटिडी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउन लागिएको हो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


