पशुपतिको गुरुयोजना तयार, मन्त्रीलाई मस्यौदा हस्तान्तरण
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको गुरुयोजना तयार पारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित प्राविधिक समितिले स्थानीयवासी एवं सरोकारवाला निकायसँग छलफल गरी नयाँ स्वरुपमा गुरुयोजना परिमार्जन गरी बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको छ।
मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदा संरक्षण हुनुका साथै अन्तरराष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त गरे। पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्व कायम राख्नुपर्नेमा उनले जोड दिएका थिए।
पशुपतिको गुरुयोजना तयार गर्न गठित प्राविधिक समितिका सदस्यलाई उनले धन्यवाद दिए। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीको संयोजकत्वमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, वास्तुकलाविद् प्रा. सुदर्शनराज तिवारी, संरचनाविद् प्रा. प्रेमनाथ मास्के, इकोमस नेपालका अध्यक्ष काइवाइ जे, संरक्षणविद् भीम नेपाल, स्थानीय आशाराम संगत रहेको गुरुयोजना तयारी प्राविधिक समिति गठन गरिएको थियो।
गुरुयोजनाको अवधि १५ वर्षको रहेको छ भने कार्यान्वयनका ४ चरण तोकिएको छ। पाशुपत क्षेत्रलाई विश्वकै सनातन तीर्थस्थल, हिन्दु तीर्थयात्रीको विशिष्ट गन्तव्य, पुण्य भूमि र साधना भूमिका रूपमा विकास गर्ने लक्ष्य गुरुयोजनाको छ।
८ परिच्छेदमा रहेको गुरुयोजनामा पशुपति क्षेत्रको संरक्षण तथा व्यवस्थापनको वर्तमान अवस्था र चुनौती, गुरुयोजनाको उद्देश्य र रणनीति तथा पशुपति क्षेत्रको क्षेत्रगत विभाजन, प्रस्तावित कार्यक्रम, आर्थिक स्रोतसाधन तथा गुरुयोजना कार्यन्वयनको अनुगमन तथा मूल्याङ्कन समावेश छ।
धर्म रक्षा, सम्पदाको संरक्षण गरेर पाशुपत क्षेत्रलाई अन्तरराष्ट्रिय तीर्थस्थलमा विकास गर्ने गुरुयोजनाको मुख्य लक्ष्य रहेको छ।
गुरुयोजना पूर्वाधार निर्माणमा नभइ संरक्षणमा आधारित रहेको संयोजक अधिकारीले बताए। गुरुयोजनामा सम्पदा संरक्षणका लागि कार्यविधि, सम्पदा संरक्षण, सांस्कृतिक कला वस्तुको संरक्षणका साथै अमूर्त सम्पदा जोगाउन कार्यविधि बनाइएको छ।
कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयलगायत सरोकार भएका निकायको सुझाव लिए अन्तिम रूप दिइएको अधिकारीले बताए। समितिले पशुपति क्षेत्रको पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षको मनन गरी सरोकार भएका निकाय र स्थानीयवासीसँग छलफल गरेको थियो।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam