रुस र युक्रेनबीच ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ मा हस्ताक्षर
एजेन्सी । रुस–युक्रेनबीच खाद्यान्न आपूर्तिसम्बन्धी महत्त्वपूर्ण सम्झौता भएको छ। टर्कीको इस्तानबुल सहरमा आयोजित समारोहमा शुक्रवार रुस र युक्रेनबीच ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार युक्रेनबाट गहुँ र मकैको निर्यात छिट्टै सुरु हुनेछ। चार महिनाका लागि भएको यो सम्झौताले रुस–युक्रेनयुद्धका कारण विश्वका गहिरिँदै गएको खाद्य संकट केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। सम्झौतासँगै रुसले समुद्री मार्गबाट खाद्यान्न बोकेका कार्गो जहाजमा आक्रमण नगर्ने बताएको छ।
युक्रेनले पनि केही शर्त पालना गर्नु पर्नेछ। खाद्य आपूर्ति बोकेका जहाजहरूको निरीक्षणको अनुमति दिनुपर्नेछ। उनीहरु मार्फत हतियारको आपूर्ति भइरहेको छ कि छैन भन्ने कुरा छानबिनका क्रममा हुनेछ।
सम्झौता अनुगमन गर्न टर्कीमा केन्द्र निर्माण गरिने छ। सम्झौता अन्तर्गत, रूस र युक्रेनले अन्न आपूर्ति बोकेका जहाजहरूलाई कालो सागरमा सुरक्षित कोरिडोर उपलब्ध गराउन सहमत भएका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यो सम्झौताले भविष्यमा दुई देशबीच मेलमिलापको बाटो खोल्नसक्ने प्रतिक्रिया दिएका छन्। संयुक्त राष्ट्रसंघले यसलाई ऐतिहासिक सम्झौताको संज्ञा दिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam