संसद्मा फेरि पुगेन गणपूरक संख्या, १५ मिनेट स्थगित
काठमाडौं : प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ। आइतबार बसेको बैठकमा कारागार विधेयक २०७८ निर्णयार्थ पेश गर्ने क्रममा नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या एकिन गर्न माग गरेका थिए।
तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या भए नभएको एकीन गर्दासंख्या नपुगेको पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६७ जनामात्र उपस्थित देखिएकाले बैठक स्थगित गरिएको हो।
त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफलको प्रस्ताव गरेका थिए। यसअघि पनि विभिन्न समयमा संसद्मा सांसदहरूको गणपुरक संख्या नपुगेर बैठक नै स्थगित गर्नुपरेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam