सरकार सत्ता टिकाउनमा नै केन्द्रित छ : राजेन्द्र लिङ्देन
काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्।
आईतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले ‘नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए। उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताए।
उनले नेपाली जनताको चाहना विपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए। कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे।
अध्यक्ष लिङ्देनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पारे। उनले अहिले सत्तामा रहेका दल र नेतृत्वबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे।
अध्यक्ष लिङ्देनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक संसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए।
उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने उद्घोष गरे। उनले अहिलेको सरकारको बाटोलाई पतनको बाटोको रुपमा चित्रण गरे।
अध्यक्ष लिङ्देनले आउने चुनावमा ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर भएकोले राप्रपाले सारेको देश विकासको वैकल्पिक मार्गचित्र अपरिहार्य रहेको बताए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam