राजदूत पोखरेलले अस्ट्रेलियाका गभर्नरलाई बुझाए ओहदाको प्रमाणपत्र
काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले ओहदाको प्रमाणपत्र बुझाएका छन्।
पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित औपचारिक कार्यक्रममा ओहदाको प्रमाणपत्र बुझाएको नेपाली दूतावासले जनाएको छ।
गर्भनर जनलर हर्लीले नेपाल र अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको स्मरण गर्दै पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए। उनले नेपाल अस्ट्रेलियाबीच रहेको सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण अझ सुमधुर र गाढा भएकामा खुसी व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाएका थिए। पोखरेललाई गार्ड अफ अनरसहित सम्मान गरिएको थियो।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam