जनस्वास्थ्यमा सरकारले चासो दिएन : योगेश भट्टराई
काठमाडाैं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्।
उनले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमा नाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए।
सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकीपक्सको बारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको बताए। उनले जनस्वास्थ्यको कुरामा सरकार निन्द्राको अवस्थामा रहनु दुःखद् भएको बताए।
सांसद भट्टराईले मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानाकाहरुमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताए।
उनले छिमेकी देश भारतमा ४ जनामा मंकीपक्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताए।
उनले भने, ‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ। हाम्रो नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि सार्वजनिक ढंगले नेपाली जनतालाई सुसूचित गरेको छैन। सरकार मौन बसिरहेको छ। सरकार निन्द्राको अवस्थामा छ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ, संकटकालको घोषणा गरिसकेको छ। तर, हाम्रा सीमानाहरूमा एउटा पनि साइनबोर्ड राखिएको छैन। विमानस्थलहरुमा यसबारे कुनै सचेतना दिइएको छैन। सञ्चारमाध्यमहरुबाट सरकारले कुनै विज्ञापन, सूचनाहरु सार्वजनिक गरेको छैन। खुला सीमाना छ। हामी पनि यसबाट धेरै टाढा छैनौँ। यसको भयानक अवस्थाबाट हामी टाढा छैनाैँ। यस खालको विपत्ति नआओस् भन्नका लागि पूर्व सतर्कता र तयारी अपनाउनका निम्ति ध्यानाकर्षण गर्दछु। सीमानमा कडाइ गर्नुपर्छ, सचेतना फैलाउनुपर्छ। परीक्षण केन्द्र राख्नुपर्छ।’
सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकाले महामारीको स्थिति उत्पन्न भएको बताए।
उनले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउने पानीका मुहान र सप्लाई गर्ने टयाङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam