साफ यू-२० च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै
काठमाडौं : साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ७ बजे सुरु हुनेछ।
नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ। सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो।
श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन। नेपालविरुद्ध मैदान उत्रँदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ। नेपालले तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्ने छन्।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam