आर्थिक सहयोग लिँदा अनुचित शर्त स्वीकार गर्न सकिँदैन : माधव नेपाल
काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पनासम्म गर्न नहुने बताएका हुन्।
उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरूको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडि बढ्नुपर्ने बताए। उनले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिको मामिलामा राष्ट्रिय सहमति हुनुपर्ने बताए।
उनले भने, ‘देशको रक्षाको निम्ति एकतावद्ध भएर अगाडि बढौँ। हामीले परराष्ट्र नीतिको मामिलामा, राष्ट्रिय सुरक्षा नीतिको मामिलामा नेपालमा राष्ट्रिय सहमति कायम गर्ने कुरा ठीक हो। व्यापक छलफल, परामर्श गर्ने कुरा पनि ठीक हो। नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित शर्तहरूमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ। अनुचित शर्तहरु स्वीकार गरेर आर्थिक सहयोग पनि लिने कुरा आउँदैन।’
आर्थिक सहयोग लिँदा राष्ट्रिय हितमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्न नहुने उनकाे भनाइ छ।
‘सैन्य कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुराहरुमा कुनै गठबन्धनमा, कुनै कसैको एलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरेपनि हुन्छ। नेपालीहरुको यो अडान हो। नेपालका राजनीतिक पार्टीहरूको यही अडान हुनुपर्दछ’, उनले भने, ‘त्यो अडानमा अहिलेको सरकारले पनि खुट्टा नकमाईकन अगाडि बढ्नुपर्छ।’
उनले देशको रक्षाका निम्ति सबै एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam