पद्मश्री पुरस्कारका लागि दोस्रो चरणमा छानिए पाँच पुस्तक
काठमाडौं : खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची घोषणा गरेको छ।
२०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट निर्धारित मापदण्डबमोजिम् मूल्याङ्कन गरी समितिले सिफारिस गरेको पन्ध्र वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरेको थियो।
उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूची प्रयोजनको लागि पाँचवटा कृतिहरूको नामावली उपलब्ध गराएको प्रतिष्ठानले जनाएको छ। तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिहरू मध्येबाट पुरस्कृत कृति चयन गरिने प्रतिष्ठानले जनाएको छ।
सिफारिस भएका पाँच कृतिहरूको नाम
१. अग्नि : डा. नवराज लम्साल
२. अर्को भोर : केशवराज ज्ञवाली
३. भिक्षुसँग प्रेम : उषा हमाल
४. मिथ्या : दीपक पराजुली
५. यादहरूको सङ्ग्राहलय : केवल बिनाबी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam