वडाको निर्णय : दाहसंस्कार गर्न दाउरा,गर्भवतीलाई निशुल्क एम्बुलेन्स
माधव बेल्वासे चन्द्रौटा । शिवराज नगरपालिका वडा न ३ ले दाहसंस्कार गर्न निशुल्क दाउरा प्रदान गर्ने निर्णय गरेको छ । २०७९/८० को वडा स्तरीय योजना अनुसार वडा वासीको मृत्यु भएमा दाहसंस्कारको लागि ६ क्युन्टल दाउरा उपलब्ध गराउने वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
दाहसंस्कारको लागि दाउराको कारणले मृतकका परिवार लाई समस्या नहोस भनेर वडाको योजनामा समावेश गरेको उहाले बताउनुभयो । डिभिजन वन तथा कपिलवस्तु साझेदारी वन सग सहकार्य दाउरा उपलब्ध गराउने भएकोले कसैको मृत्यु भएमा वडामा सम्पर्क गर्न अध्यक्ष सापकोटाले आग्रह गर्नुभयो ।
त्यस्तै वडाले एम्बुलेन्स पनि संचालनमा ल्याएको छ ।वडाको स्वास्थ्य चौकी बाट गर्भवती महिला र सुत्केरी महिलाहरु रिफर भएमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने उहाले बताउनुभयो । अन्य बिरामी हरु लाई न्युनतम शुल्क लाग्ने बताइएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam