महाेत्तरी आगलागी : ९० लाख रुपैयाँकाे क्षति
महोत्तरी – महाेत्तरीकाे बर्दीवास नगरपालिकामा रहेकाे एउटा भवनमा आज साेमवार दिउँसाे आगलागी हुँदा ९० लाख रुपैयाँ बराबरकाे क्षति भएको छ । स्थानीय अभिषेक झाले सञ्चालन गर्दै आएको ३६५ फिटनेश जिम सेन्टरमा बिजुली शर्ट भई आगलगी हुँदा ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारीअनुसार आगलागीका कारण जिम सेन्टरमा रहेको ट्रस, जिमको सामग्री जलेर नष्ट भएकाे छ । तत्कालै जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीकाे सहयोगमा आगो निभाइँदा थप क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभयाे । आगाे निभाउनका लागि बर्दिवास, गौशाला नगरपालिकाबाट वारुणयन्त्र ल्याएको उहाँले बताउनुभयाे ।
आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंक र सँगैकाे अर्काे भवनमा एसबीआई बैंक रहेकाे छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam