राहदानीको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुल्ने
काठमाण्डाै – राहदानी विभागले ई–पासपोर्टको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने भएको छ ।
दिउँसो साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो ।
यो आवेदन प्रि–इनरोलमेन्टको लागि हो । विभागले दैनिक २ हजार ४ सय जनाको लागि प्रि–इनरोलमेन्ट खोल्छ ।
प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ । राहदानी बनाउन अनेक झन्झट र सास्ती खेप्नुपरेको सेवाग्राहीका गुनासो छ ।
विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदा पहिलेजस्तो जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग गएर एकै दिनमा आवेदन दिन सम्भव छैन ।
विद्युतीय राहदानी देशका सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट बनाउन सकिन्छ । तर जिल्लामा भन्दा काठमाण्डौमा रहेको विभागमा राहदानी बनाउनेको सङ्ख्या ठूलो छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam