महेश बस्नेतको व्यंग्य : अर्थ नामका अनर्थमन्त्री, जनार्दन नामका धनार्दन !
काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन्।
‘प्रधानमन्त्रीलाई धन्यवाद, कमरेड प्रचण्ड, माधव नेपाल, उपेन्द्र र दुर्गा जीलाई पनि धन्यवाद। गृहमन्त्री ज्यूलाई पनि धन्यवाद, छानबिन समितिलाई पनि धन्यवाद, मेटाएको सिसिटिभी फुटेज नदेखाएकोमा म लगायत कर्मचारीको कल डिटेल नहेरेकोमा, अन्तर्वार्ता नलिएकोमा, एमालेको फरक मतलाई इग्नोर गरेकामा, सत्ताको आडमा बहुमत पुर्याई सफाई दिएकोमा, पुनः नियुक्ति दिएकोमा अर्थको सेटिङ कायम गराउने छु। प्रधानमन्त्री ज्यू, भाउजुको आदेश मान्नेछु’ उनले भने।
उनले अर्थका नामका अनर्थमन्त्री, जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु भन्दै संसदमै व्यंग्य गरे, उनले अर्थमन्त्री शर्माप्रति जनताले सबै मूल्याङ्कन गरेको छ, महँगी र भ्रष्टाचार अनियमितता कुशासनको हिसाब गर्नेछन्, जनता र देश विरोधी गठबन्धन कमजोर हुने र आगामी निर्वाचनमा जनताले देखाउने जस्ता कटाक्ष गरे।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam