बाबु छोराले एकैदिन लगाए डीएसपीको फुली
काठमाडौं : एकैदिन प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका बाबु राजेन्द्र अधिकारी र छोरा ध्रुव अधिकारीले डीएसपीको दर्ज्यानी चिह्न लगाएका छन्।
उनीहरुलाई बिहीबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिए।
जनपद प्रहरी समूहतर्फबाट राजेन्द्र डीएसपीमा बढुवा सिफारिस भएका थिए भने ध्रुव प्राविधिक समूहतर्फबाट डीएसपीमा बढुवा सिफारिस भएका थिए।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ स्थायी घर भएको अधिकारी परिवार विगतबाट नै सुरक्षाकर्मीमा आकर्षित थियो। राजेन्द्रका बुबा नरपति अधिकारी पनि भारतीय सेनामा कार्यरत थिए।
ध्रुव २०७५ सालमा प्राविधिकतर्फको इन्स्पेक्टरमा भर्ना भएका थिए। ध्रुव प्रहरी सेवामा प्रवेश गरेको चार वर्षमा त बाबु राजेन्द्र सेवामा प्रवेश गरेको २८ वर्षपछि डीएसपीमा बढुवा भए। राजेन्द्र २०५१ प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam