सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा र प्युठानका नदी खोलामा बाढीको जोखिम
काठमाण्डाै – देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठान लगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान र आसपास भएर बग्ने लुङ्गरी, खुङ्गरी खोला, दोलखा र आसपासको क्षेत्र भएर बग्ने तामाकोसी, गोगर जगत र साेलुखुम्बु भएर बग्ने सोलु खोला, लगायतका नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले यी नदी तथा खोलामा बिहान १० बजेसम्म नै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, भिरालो जमिन आसपास बस्ने नागरिकलाई पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले सूचनामार्फत आग्रह गरेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam