बुस्टर मात्राले गम्भीर बिरामी वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा गर्छ : मन्त्रालय
काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खाेप लगाउन पुनः आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपले नै गम्भीर अवस्थामा पुग्नबाट रोक्ने भएकाले जुन मात्रा लगाउनुपर्ने हो त्यो मात्रा खोप अनिवार्य लगाउन आग्रह गरेको हो । खोप लगाएका मानिसको तुलनामा नलगाएका मानिसमा सङ्क्रमणले गम्भीर बिरामी बनाउने सम्भावना १० गुणाले धेरै हुने भएकाले खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ । खोप लगाएका कोरोना सङ्क्रमित निकै कम मात्रै गम्भीर अवस्थामा पुग्ने मन्त्रालयले जनाएको छ ।
यस्तै बुस्टर मात्राले गम्भीर बिरामी वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा गर्ने मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको खोप लगाउन, नाक र मुख छोपिने गरी मास्क लगाउन, भौतिक दुरीको ख्याल गर्न, खोक्दा वा हाच्छिउँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले नाकमुख छोप्न, झ्याल सधैँ खुला राख्न र बेला–बेला साबुन पानीले मिचिमिची हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam