पाेखरीमा डुबेर एक बालकसहित २ जनाकाे ज्यान गयाे
सप्तरी – सप्तरीमा पोखरीमा डुबेर एक बालकसहित दुई जनाको ज्यान गएको छ ।
पोखरीमा डुबेर विष्णुपुर गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षका लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका वडा नम्बर ६ घर भएका संजय पण्डितका दुई वर्षका छोरा दीप कुमार पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सदा पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेर ज्यान गएको हो । यस्तै दुई वर्षका दीपकुमार सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ मा पाहुनाको रूपमा आएकोमा खेल्ने क्रममा चिप्लेर पोखरीमा खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam