एकै परिवारका तीनजना मृत फेला
काठमाडौं : बझाङको बुङ्गल नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन्। बुङ्गल नगरपालिका ९ रारुका २२ वर्षीया गिता पार्की, उनका ५ वर्षकी छोरी भुमिका र ३ वर्षका छोरा मोहित मृत फेला परेका बझाङका निमित्त प्रहरी प्रमुख एवं् प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।
उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। अहिले प्रहरीले घटनास्थललाई शिल गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक अवस्थीले बताए।
मृत भेटिएकी महिलाका श्रीमान पुस्कर पार्कीले भने आफू निद्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बताएका छन्। बिहानैदेखि हराएकी गीतासहित दुई बालकको शव आज दिउँसो झुण्डिएको अवस्थामा फेला पारेका हो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam