दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिव पक्राउ
रामेछाप – दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका ४ प्रितीकी वडा सचिव पदमकुमारी बस्नेतलाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ । वडा सचिवले बस्नेतले आफ्नै गाउँकी नाता पर्ने प्रितीकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी फेरि दोस्राे पटक नागरिकता बनाउन वडाबाट सिफारिस दिनुभएकाे थियाे । निर्मलाले यसअघि नै जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता लिइ सक्नुभएकाे थियाे ।
बस्नेतले आफ्नै बहिनीको विद्यालयकाे प्रमाणपत्रकाे आधारमा वडाबाट सिफारिस लिएर दोहोरो नागरिकता लिन जिल्ला प्रशासन कार्यालय रामेछापमा कागजात पेस गर्नुभएकाे थियाे । बस्नेतले पेस गरेको कागजातको आधारमा कार्यालयमा भएको रेकर्ड भिडाउँदा यसअघि नै नागरिकता लिइसकेको देखेपछि शङ्का गरी सोधपुछ गर्दा दोहोरो नागरिकता लिन खोजेको देखिएपछि प्रशासनले कागजात नियन्त्रणमा लिएको थियो ।
त्यसपछि प्रशासनले बस्नेतको नागरिकताका लागि सिफारिस गर्ने वडा सचिव पदमकुमारी बस्नेतलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयाे ।
दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ । अनुसन्धानपछि सिफारिसको विषयमा थप विवरण आउन सक्ने र साथै अन्य व्यक्ति पनि यसमा संलग्न भए/नभएको यकिन हुने उपरीक्षक थिङले बताउनुभयाे ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam