देश बनाउनका लागि भावना, कल्पना र सपना आवश्यक छ : रामचन्द्र पौडेल
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने बताएका छन्।
उनले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका हुन्।
बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए।
उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने जिकिर गरे।
कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाइ छ।
‘साहित्यले मान्छेलाई काम गर्ने प्रेरणा जगाउँछ। देश बनाउने, राष्ट्र बनाउने प्रेरणा जगाउँछ। साहित्य र कलाको महत्व हामीले अवमूल्यन गर्नुहुन्न। साहित्य र कलालाई हामीले मिनिमाइज गर्यौं भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ’, उनले भने, ‘ हामीले केही प्रगती गर्न सक्दैनौँ। हाम्रो पहिचान नै समाप्त हुन्छ। कल्पनाशिलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन। देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam