हाजिर गरेर सांसदहरू हिँडे, प्रतिनिधि सभाको बैठक मङ्गलवारसम्मका लागि स्थगित
काठमाण्डाै – सांसदहरूले हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक पर्सि मङ्गलवारसम्मका लागि स्थगित भएको छ । आजको बैठक सुरु हुँदा एक सय ७९ जना सांसदले हाजिर गरेका थिए तर संसदमा विधेयकलाई निर्णयार्थ पेस गर्दा ६९ जना सांसद पनि नपुगेपछि बैठक नै स्थगित भएको हो ।
सभामुख अग्नि सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्दा जम्मा ६७ जना सांसद बैठक हलमा उपस्थित थिए । सभामुखले विधेयक पेश गर्दा गणपूरक सङ्ख्या नपुगेको आवाज उठेपछि उहाँले कर्मचारीलाई गणना गर्न लगाउनुभएको थियो । गणना गर्दा जम्मा ६७ जना सांसद मात्रै थिए । सभामुखले सुरुमा बैठक १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो, त्यसपछि पनि सांसद नआएपछि मङ्गलवारसम्मका लागि स्थगित भएको छ ।
आजको बैठकमा काठमाण्डाै उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक भने निर्णयार्थ पेस भएको छ । यो विधेयक पेस गर्ने बेलामा ९० जना सांसद बैठकमा रहेका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam