रुपन्देहीमा एक युवकमाथि गोली प्रहार
काठमाडौं : रुपन्देहीको ओमसतियामा एक युवामा गोली प्रहार भएको छ। ओमसतिया गाउँपालिका वसन्तपुरमा गएराति अज्ञात समूहको गोली प्रहारबाट एक युवा घाइते भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।
घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ हुन्। मोटरसाइकलमा उनलाई अर्को मोटरसाइकलमा रहेका तीनजनाको समूहले गोली हानेको थियो।
उनको पेटको बायाँतर्फको भागमा गोली लागेको छ। तर अवस्था खतरामुक्त रहेको एसपी रेग्मीको भनाइ छ। गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। गोली चलेको केही बेरअघि एक किलोमिटरको दूरीमा रहेको एक होटलमा पेस्तोल देखाएर लुटपाट भएको थियो।
लुटपाट गर्ने र गोली प्रहार गर्ने एउटै समूह हो कि फरक फरक भन्नेबारे अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam