१० वर्षपछि एमालेमै फर्किए हेमराज राई
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई सहित दश जना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित एमाले प्रवेश गरेका छन्।
जसपाका वरिष्ठ नेता राई कम्युनिष्ट आन्दोलनका पुराना नेताका रुपमा चिनिन्छन्। एमाले पाँचौं महाधिवेशनका केन्द्रीय सदस्यसमेत रहेका थिए। उनी करिब १० वर्षपछि एमालेमै फर्किएका हुन्। उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेको तर्फबाट उद्योगमन्त्री बनेका थिए।
उनीसँगै पार्टी प्रवेश गरेका केन्द्रीय सदस्यहरूको लामो र प्रभावकारी राजनीतिक जीवन रहेको छ।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूमा जसपाका केन्द्रीय सदस्यहरू शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिं राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा र शङ्करबहादुर सार्की रहेका छन्।
उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे। सो अवसरमा ओलीले सबैलाई विना भेदभाव यथोचित जिम्मेवारी दिइने आश्वासन समेत दिए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam