चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाको ढिलाइ
काठमाडौं । देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन । सरकारले सेनालाई जिटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको थियो ।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी०ले तयार पारेको सूचीअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधि किन्ने तय भएको थियो । जसअनुसार सेनाले चीनबाट हवाई साधनमार्फत पिपिई, एन–९५ मास्क, पिसिआर टेस्टिङ किट्स, मेसिन, कीटाणुनाशक स्प्रेलगायत तत्काल आवश्यक सामग्री ल्याउने तयारी गरेको थियो ।
आपूर्तिकर्तासँगको सम्झौताअनुसार दुई लटमा करिब ४० टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी थियो । हवाई उडानबाट २० टन र बाँकी स्वास्थ्य उपकरण र सामग्री तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता गरेको थियो । स्थलमार्गबाट बाँकी सामान ग्वान्जाओबाट तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता छ ।
ग्वान्जाओबाट काठमाडौंसम्म सामग्री आइपुग्न आउन कम्तीमा दश दिन लाग्ने भएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


