मिटरब्याजीविरुद्ध दुई हजारभन्दा बढी उजुरी, सबैभन्दा धेरै उजुरी मधेस प्रदेशबाट
काठमाण्डाै – मिटरब्याजीविरुद्ध देशभरबाट दुई हजारभन्दा बढी उजुरी परेको छ । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो।
कार्यदलको आह्वानअनुसार देशभरबाट २ हजार ४३ जनाले उजुरी दिएका कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार मधेस प्रदेशबाट मात्रै ११ सय ८२ उजुरी परेको छ ।
वाग्मती प्रदेशबाट ३ सय ५६ र लुम्बिनी प्रदेशबाट २ सय ११ वटा उजुरी परेको छ । अरु प्रदेशबाट पनि उजुरी परेको र सङ्कलनको काम भइरहेको भुसालले जानकारी दिनुभयो । पीडितहरुले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिएका हुन् ।
परेका उजुरीको अध्ययन गर्ने काम भइरहेको र भोलिदेखि स्थलगत अध्ययन सुरु हुने उहाँको भनाइ छ । स्थलगत अध्ययनको क्रममा अझै उजुरी आउने सम्भावना देखिएमा म्याद थप हुने पनि उहाँले बताउनुभयो । सरकारले गएको साउन २७ गते मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam