पोखराका २४२ भूमिहीनले पाए पहिलो चरणको निस्सा
पर्वत : कास्कीको पोखरा महानगरपालिका–२५ क्रान्तिटोलमा बसेर जग्गाप्राप्तिका लागि २७ वर्ष लामो संघर्ष गरेकी सीता गुरुङ थापा बल्ल अहिले निकै खुसी छिन्।
पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले जग्गाप्राप्तिको पहिलो चरणमा निस्सा वितरण गरेपछि सीतालगायत महानगरपालिका–२५ हेम्जा आसपासका २४२ सुकुमवासी परिवार खुसी भएका हुन्।
सुकुमवासी बनेर संघर्षका साथ बिताएको २७ वर्ष सम्झँदा सीताको मन दुःखी भए पनि अब भने लालपुर्जा पाउनेमा उनी ढुक्क छिन्। ‘यो हाम्रो लागि ठुलो उपलब्धि हो। अव यो सेतो निस्सा छिट्टै नै रातो लालपुर्जामा परिणत हुने आशा गरेकी छु,’ उनले भनिन्, ‘लालपुर्जा पाउन धेरै लडिएको हो। जग्गा नै आफ्नो नभएपछि परिवारलाई कहाँ राख्ने। सधैँ यही जग्गामा बस्न पाउने की नपाउने? धेरै चिन्तामा थियौँ। अहिले आएर सेतो निस्सा पाइएको छ। लामो प्रतीक्षापछि एउटा सपना साकार भएको छ।’
स्थानीय तहको निर्वाचनको बेलामा भूमिहीन समस्या समाधान गर्ने उद्घोष गरेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै हातले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गर्न पाउँदा आफ्नो घोषणाले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरेका छन्। जनताका सामु आफूले गरेको बाचा आंशिक रूपमा पुरा भए पनि यसको शिलशिला सुरु भएको उनको भनाइ छ।
‘हामीले चुनावी सभाको प्रारम्भ यही वडाबाट गरेका थियौँ, त्यस बेला भनेका थियौँ कि, भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई निस्सा पनि यहीबाट वितरण गरिनेछ,’ आचार्यले भने, ‘आज त्यो पूरा भएको छ।’ यो नियमित काम भएका कारण निर्वाचन आचारसंहिताले पनि नरोक्ने उनको भनाइ छ।
पोखरा महानगरपालिमा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीको निवेदनउपर आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा व्यवस्थित गर्दै लैजाने क्रममा महानगरपालिका रहेको प्रमुख आचार्यले बताए। उनका अनुसार महानगरपालिका भूमिहीन समस्याको दिगो समाधानको पक्षमा छ।
राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले विभिन्न कारणले सुकुमवासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने काम कास्कीमा पनि प्रारम्भ भएको बताउँछन्। भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीले प्राप्त गरेको जग्गाको निस्सा अब कसैले पनि खोस्न नसक्ने उनको विश्वास छ। अहिले बसिरहेको स्थान उपयुक्त नभए आयोगले अर्को स्थान खोजेर भए पनि उचित व्यवस्थापन गर्ने पोख्रेलको भनाइ छ।
पोखरा महानगरपालिका–२५ का वडाध्यक्ष मोतीराज तिम्सिनाले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको काम आफ्नै वडाबाट सुरु भएकामा खुसी व्यक्त गरे। वडा नं. २५ मा रहेका यस्तै प्रकृतिका बसोवासीको समस्याको दिगो समाधानमा जोड दिँदै उनले निस्सा वितरणको कामले पूर्णता पाउने विश्वास व्यक्त गरे।
राष्ट्रिय भूमि आयोग कास्कीको तथ्यांकअनुसार पोखरा महानगरपालिकाका ३३ वडाबाट हालसम्म १९ हजार ८५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको निवेदन संकलन भएको छ। कास्कीमा ३० हजारको हाराहारीमा यस प्रकृतिका परिवारको बसोबास रहेको आयोगको अनुमान छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam