एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधवसँग मिलेर जाने सम्भावना खारेज गर्यो : सूर्य थापा
काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमाले केन्द्रीय कमिटीको बैठकले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग मिलेर जाने संम्भावना खारेज गरेको जनाएका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केन्द्रीय कमिटी बैठकले प्रचण्ड र माधव नेपालसँग चुनावी तालमेलबारे सम्भावना खारेज गरेको दाबी गरेका हुन्। उनले प्रचण्ड र माधव नेपालले एमालेसँग मिल्ने धक्की दिँदै कांग्रेससँग सिटको बार्गेनिङ गरिरहेको जनाएका छन्।
थापाले लेखेका छन्, ‘नेकपा एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधव नेपालका समुहसँग आम निर्वाचनमा मिलेर जाने संभावनालाई खारेज गरेको छ। यी दुई गुटले काङ्ग्रेससँग सिटको बार्गेनिङ गर्न एमालेसँग मिल्ने धम्की दिइरहेको कर्कश स्वर सुनिन्छ, जो सर्वथा मिथ्या र जालझेल मात्रै हो। तरबार लिएर काट्न हिंडेकाहरूसँग एमालेजनहरूद्वारा मित लगाउन सकिँदैन।’
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam