पाकिस्तानमा डुंगा पल्टिँदा ११ जनाको मृत्य, ९ बेपत्ता
काठमाडौं : पाकिस्तानको सिन्ध प्रान्तमा डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। अन्य ९ जना बेपत्ता भएका छन्।
कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ। उद्धार टोलीले सातजनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् भने नदीमा बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ। मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदीनाला र समथर भूभागमा पनि ठूलो बाढी आएको छ।
देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार देशका ७२ जिल्लालाई आपतकाल घोषणा गरिएको छ भने तीन करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन्।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam