अलमुताईरीले नियम उल्लंघन गर्दा एन्फालाई ७ हजार डलर जरिवाना
काठमाडौं : एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ।
कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो।
प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’मा प्रवेश गरेका थिए। लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाह तेस्रो खेलमा निलम्बनमा परे।
आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए । एएफसीको नियम उल्लंघन गर्दै अब्दुल्लाह नेपाली टोलीसँगै ‘ड्रेसिङ रुम’मा पुगेका थिए। यही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि एन्फालाई जरिवाना गरेको हो। एएफसीले नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको छ।
दुई खेलमा पहेँलोकार्ड पाइसकेका मुख्य प्रशिक्षक अब्दुल्लाह खेलाडीसँगै ड्रेसिङ रुमभित्र प्रवेश गरेपछि एएफसीले अखिल नेपाल फुटबल संघलाई ६ हजार डलर जरिवाना तिराएको छ।
यस्तै इन्डोनेसियाविरुद्ध पहिलो हाफ १० खेलाडीमा सीमित भएपछि दोस्रो हाफको सुरुमा नेपालले दुई खेलाडी परिवर्तन गरेको थियो। दोस्रो हाफ सुरु गर्न ढिला गरेको जनाउँदै एएफसीले नेपालमाथि अर्को थप कारबाही गरेको हो। खेल ढिला गरेकोमा नेपाललाई एक हजार अमेरिकी डलर जरिवाना तिराएको छ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार दुवै घटनाको जरिवाना ९० दिनभित्र १७ सय डलर तिर्नुपर्नेछ। बाँकी दुई वर्ष भित्र तिर्ने समयावधि तोकिएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam