नेपालले केन्यालाई दियो १ सय ७६ रनको लक्ष्य
काठमाडौं : पाचौं तथा अन्तिम टि-ट्वेन्टी क्रिकेटमा नेपालले केन्यालाई १ सय ७६ रनको विजय लक्ष्य दिएको छ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको हो । पाँच खेलको श्रृखंला २–२ को बराबरी अवस्थामा रहेकाले सिरिज कब्जा गर्न नेपाल यो खेल जित्नै पर्ने दबाबमा छ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले। उनले ४४ बलमा ५ चौका र २ छक्काको सहायतामा ५९ रन बनाए। रोहित पौडेल ४७ रनमा आउट भए । उनले २५ बलमा ७ चौका प्रहार गरेका थिए ।
अर्जुन साउदले २९, दीपेन्द्र सिंह ऐरीले २२,अदिल अन्सारीले ४, विवेक यादवले २ तथा पवन सर्राफ १ रन बनाउँदा करन केसीले २ रनमा नटआउट रहे। अब केहीबेरमा केन्याले जवाफी ब्याटिङ सुरु गर्नेछ।
पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै नेपाललाई १८ रनले हराएको थियो। यस्तै, तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो भने चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हरायो ।
टी–ट्वेन्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। एकदिवसीय खेल भदौ १७ गते सुरु हुनेछ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam