दाङमा चट्याङ लागेर २ जनाको मृत्यु, १२ घाइते
काठमाडौं : दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए। उनका अनुसार चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको डिएसपी गौतमले बताए।
मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन । घटनाबारे आज बिहान मात्रै खबर आएकोले घटना कतिबेला भएको भन्ने थाहा हुन नसकेको उनको भनाइ छ।
आज बिहान वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएपछि घटनास्थलतर्फ प्रहरी पठाइएको डिएसपी गौतमले बताए।
उनका अनुसार घटना स्थलमा पुग्न ४ घण्टा पैदल हिड्नु पर्छ। अबको २ घण्टापछि प्रहरी घटनास्थलमा पुगेपछि मात्रै सबै कुरा थाहा हुने उनको भनाइ छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam