मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते
सिद्धार्थनगर : बुटवल–१३ बेल वासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।
दुर्घटनामा परि बुटवल १३ बेल वास बस्ने वर्ष ४५ का सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फजाँदै गरेको लु४१प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४८प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर गुडिरहेको ट्याङ्कर मुनी पर्न जाँदा बाबु–छोराको मृत्यु भएको हो।
लु४१प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ क ४४२४ नम्बरको ट्याङ्कर मुनी पुगेको हो।
मोटरसाइकलको पछाडि बसेका १५ वर्षीय आयुष आचार्य तथा लु४८प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर भने घाइते भएका छन्। बुधवार बेलुका भएको दुर्घटनाका घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुई वटै मोटरसाइकल र ट्याङ्कर प्रहरीको नियन्त्रणमा छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam