प्रचण्डको सुर्खेत आउने कार्यक्रम स्थगित
सुर्खेत : पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ।
प्रचण्ड भोलि एक घण्टाको समय भएपनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।
कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए। १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनबर्गीय संगठनका केन्द्रीय सदस्य , प्रदेश सदस्य लगाएतलाइ सुर्खेत आज हुने बैठकमा सहभागी हुन सकुलर गरिएको थियो।
उक्त कार्यक्रममा उपहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा भने सहभागी हुने छन्। आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ। चुनावको मुखैमा मन्त्री फेरवदलले माओवादी वृतमा ठुलो हचचल ल्याएको छ।
श्रीमतीलाइ मन्त्री बनाउने चर्चादेखि टिकट वितरणमा आफन्तबाद लागू हुन सक्नेसम्मको चर्चा बढीरहेको छ।
हिजो मात्र नेकपा एकीकृत समाजवादी का समानीत नेता झलनाथ खनाल सुर्खेत आएर पार्टीको प्रशिक्षणमा भाग लिएका थिए। चुनाव नजिकिदै गर्दा कर्णाालीमा राजनीतिक सहगर्मी बढीरहेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam