श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्छ : सांसद लामा
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आउँदाे चुनावमा श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएकाे छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
सांसद लामाले श्रीमान् र श्रीमती दुवै जना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘श्रीमानले प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान् समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । श्रीमान्, श्रीमती दुवै सांसद हुँदा पार्टीका अरू कार्यकर्ताले टिकट नपाउने र त्याग, तपस्या गर्नेहरू सधैँ समस्या परिरहने अवस्था छ ।’
सांसद लामाले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई प्रश्न पनि गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘म अहिलेको सरकारलाई पनि सोध्न चाहान्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु ।’
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam