राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक गर्ने तयारी
काठमाण्डाै – राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आउँदो मङ्सिरमा सार्वजनिक गर्ने तयारी भैरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको छ । अब भक्तपुर, काभ्रे, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र बाँकी छ । यी जिल्लाको समेत तथ्याङ्क प्रशोधन गरी मङ्सिर अन्तिम हप्ता नजिता सार्वजनिक गर्ने तयारी भैरहेको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।
राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमीकमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसतर्फ पनि आवश्यक छानबिन गरी मतगणना प्रक्रियालाई अन्तिम रूप दिन लागिपरेको विभागले जनाएको छ । विभागले यसअघि भर्चुअल माध्यमबाट गएको माघमा जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरी नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam