बागलुङ नगरका पूर्व जनप्रतिनिधि र कर्मचारीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा
बागलुङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधिसहित पाँचजनाविरद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुंगा, गिट्टी तथा बालुवा बिक्रीबापत बागलुङ नगरपालिकालाई हानि नोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुन्बमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्व नगर–प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवि उपाध्याय र तत्कालिन राजश्व शाखा सदस्य सचिव काशिराम शर्मा विरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार गण्डकी प्रदेशले तोकेको दरभन्दा कम कर संकलन गरी नेपाल सरकारलाई रु. १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्याई भ्रष्ट्राचार जन्य कार्य गरेको पुष्टि हुन आएकाले पूर्व जनप्रतिनिधि र कर्मचारहरुलाई विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam