सत्ता गठबन्धन कार्यदलको बैठक आज
काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक सोमबार बस्दै छ।
बैठक दिउँसो १ बजे बस्ने तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
आइतबार अपराह्न बसेको गठबन्धन दलका शीर्ष नेताको बैठक निष्कर्षमा पुग्न नसकेपछि सिट बाँडफाँडको खाका बनाउने जिम्मा पुनः कार्यदललाई नै दिइएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोआइतवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी काम गर्न कार्यदललाई निर्देशन दिएको छ।
बैठकपछि मन्त्री कार्कीले निरन्तर बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेश गर्ने बताए। यसअघि सिट बाँडफाँडको खाका तयार पार्न नसकेपछि कार्यदलले यो जिम्मेवारी शीर्षनेतालाई नै सुम्पेको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam