लिज ट्रस बन्ने भइन् बेलायतकी प्रधानमन्त्री
एजेन्सी । लिज ट्रस बेलायतको प्रधानमन्त्री हुने भएकी छन्।
बेलायतको सत्तारुढ दल कन्जरवेटिभ पार्टीको नेतामा सोमबार जित हासिल गरेसँगै उनले प्रधानमन्त्री बोरिस जन्सनको ठाउँमा प्रधानमन्त्री हुने भएकी हुन्।
बेलायतमा महँगी अकासिएको‚ औद्योगिक अव्यवस्था र मन्दी छाएको समयमा उनी प्रधानमन्त्रीको कुर्सीमा बस्न लागेकी छन्।
ट्रस दलको नेता चुनिएपछि पार्टी नेतृत्त्वका लागि लामो समय चलेको होडबाजीको पटाक्षेप भएको छ। दलको नेतृत्त्वका लागि पूर्वअर्थमन्त्री रिषी सुनक र विदेशमन्त्री रहेकी ट्रसबीच तीव्र प्रतिस्पर्धा भएको थियो।
अनेकौं काण्डमा मुछिएपछि प्रधानमन्त्री जन्सनले गत जुलाईमा नै पदबाट राजीनामाको घोषणा गरेका थिए।
जन्सनले मंगलबार टेन डाउनिङ स्ट्रिटबाट बिदा लिने भएका छन्। उनी मंगलबार स्कटल्यान्ड जाने र महारानी एलिजाबेथसँग भेट गरी औपचारिक रुपमा राजीनामा बुझाउने बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
ट्रसले पनि स्कटल्यान्डमै महारानीसँग भेट गरेर सरकार गठनको अनुमति लिने बताइएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam