साफ महिला फुटबल : नेपाल र भुटानबीचको उद्घाटन खेल‚ नेपाल १–० ले अगाडि
काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र भुटानबीचको उद्घाटन खेलमा अहिले मध्यान्तर हुँदा नेपालले १-० गोलले अग्रता लिएको छ।
राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो। खेलको १२ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी हुन्।
पानी परिरहे पनि खेल भएको हो। आजको खेल जित्दै नेपाल सुखद् शुरुवात गर्ने दाउमा छ। साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म भुटानले नेपाललाई हराउन सकेको छैन।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन्।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।
समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन्। समूह ’बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेका छन्।
समूह चरणको खेलपछि दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल असोज ३ गते हुनेछ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam